Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

पशुपति नाथमा चढाइएको भेटी चोरी गर्ने ८ जना पक्राउ, कर्मचारीले चोर्न लगाएको दिए बयान

भगवान पशुपति नाथमा चढाइएको भेटी आज सोमबार गन्ने क्रममा चोरी गर्ने ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका बाजा बजाउने कर्मचारी अनिल परियार सहितका ८ जना रहेका विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चेरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित ८ जनालाई पक्राउ गरी छानविनका लागि अहिले प्रहरी वृत गौसालामा पठाइएको छ ।”

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका परियारले कोषकै केही पदाधिकारी र कर्मचारीले चोर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

उनले भने, “पक्राउ परेका परियारले विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, ढोडारी र घिमिरेले चोर्न लगायतको भन्दै नाम लिएका छन्, सत्ते कुरा केहो अनुसन्धान पछि थाहा हुने छ ।” परियार सोमबार मन्दिरको भेटी चोर्दा चोर्दै रंगेहात पक्राउ परेका हुन् ।