Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्रीले विश्वासको मत लिने दिनमा सत्ता पक्षका तीन सांसद किन उपस्थित भएनन्?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार विश्वासको मत लिने दिनमा सत्ता पक्षका तीन जना सांसद अनुपस्थित भएका छन् ।विश्वासको मत प्राप्त गर्ने दिनमा नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वमन्त्री प्रकाश ज्वाला, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी र नेकपा (एमाले) का वसन्त नेम्वाङ अनुपस्थित रहेको बताइएको छ ।

आज सत्ता पक्षका तीन जना सांसद नै किन अनुपस्थित भए भन्ने विषयमा अहिले सम्म केही कुरा सार्वजनिक नभएपनि एमालेका वसन्त नेम्वाङ बिरामी भएका कारण उपस्थित हुन नसकेको स्रोतले बतायो । गंगाराम चौधरी नाउपाका संरक्षक रेशम चौधरीसँग कैलाली गएका र प्रकाश ज्वाला सम्पर्कमै नआएको नेकपा एसका एक जना नेताले सुनौलो नेपाललाई बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा आज आज चौथो पटक विश्वासको मत प्राप्त गरेका हुन् । सोमबारको विश्वासको मतमा कुल १५८ सांसदले भाग लिएका भएपनि प्रानमन्त्रीको पक्षमा १५७ जनाले विश्वासको मत दिएका थिए ।  एक मत दिन्न भन्नेमा परेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका–७६, माओवादीका–३२, रास्वपाका–२१, एकीकृत समाजवादीका–९, अशोक राईका–७, नाउपाका–३, जनमतका–६, प्रभु साह–१, अमरेशकुमार सिंह–१ तथा योगेन्द्र मण्डल–१ सदस्य गरी कुल–१५७ मत पाएका छन् । मत दिन्न भन्नेमा–१ मत परेको थियो ।