Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सहकारी पीडितको न्यायका लागि सरकारले द्रुतगतिमा काम गर्छः गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितहरूको न्यायका लागि सरकारले द्रुत गतिमा काम गर्ने बताएका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग बोल्दै लामिछानेले सरकारले सहकारी पीडितहरूको न्यायका लागि द्रुत गतिमा काम गर्ने बताएका हुन् । 

उनले भने, ‘सरकारले सहकारी पीडितहरूको न्यायका लागि द्रुत गतिमा काम गर्छ । प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर नाराबाजी गरिरहेको छ । हामी व्यक्ति केन्द्रित नभईकन सरकारले संवेदनशील भएर विषय केन्द्रित भएर समस्या समाधान गर्न लाग्छ ।’