Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सुर्खेतमा मिनिबस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

दैलेखबाट सुर्खेततर्फ आइरहेको मिनिबस सुर्खेतको कटकुवामा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

दैलेखको दुल्लू नगरपालिकाको भुकाँहबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनीबस दुर्घटना परेको प्रहरीले जनाएको छ ।

प्रहरीले कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । अन्य घाइतेहरुलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।