Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री प्रचण्डलाई ओलीले दिए बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सत्ता घटक प्रमुख दल नेकपा ९एमाले० का संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले बधाइ दिएका छन् ।

संसद् बैठकबाट विश्वासको मत प्राप्त गरे लगत्तै अध्यक्ष ओलीले संसद भवनमै प्रधानमन्त्री प्रचण्डको कार्यकक्षमा गएर बधाइ ज्ञापन गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठकको बेल घेराउ गरी विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रक्रिया सुरु गरेका थिए । 

सोअघि प्रमुख नेता तथा कार्यदल र कार्यव्यवस्था परामर्श समिति बैठकमा सदन खुलाउनेबारे छलफल भए पनि सहमति हुन सकेको थिएन ।