प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फेरि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाए लगत्तै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठक साढे १ बजेबाट संघीय संसद भवनको ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ । बैठकले प्रधानमन्त्रीको विश्वासको मतपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्ने बताइएको छ ।
यसअघि बिहान बसेको संसदीय दल बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको बटमलाइन दोहो¥याएको थियो । संसदीय दलको बैठकलगत्तै प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने छन् ।