प्रधानमन्त्री पुष्यपकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षीको नाराबाजीबीच चौथो पटक विश्वासको मत पाएका छन् । आज ९सोमबार० को प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौंथो पटक विश्वासको मत पाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको पक्षमा र विपक्षीमा मत प्राप्त गरे। यसअघि तेस्रो पटक प्रधानमन्त्री प्रचण्डले १५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए । विपक्षमा मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्ष विपक्ष दुवैतर्फ मत दिएनन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका अन्य विपक्षी दलहरू मतदान कार्यमा सरिक भएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन् ।