Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः बहुत गलत गर्नु भयो, चर्को मूल्य चुकाउनु पर्नेछ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा नेपाली कांग्रेसले नराम्रो आचरण प्रस्तुत गरेको बताएका छन् । संसदीय इतिहासमा प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर कांग्रेसले इतिहासमै खराब आचरण प्रस्तुत गरेको उनको भनाइ छ ।

प्रतिनिधिसभामा विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरुले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । तपाईहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरु पटक पटक साथ दियो । यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन पहल गर्‍यो । त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । म गहिरो दुःख व्यक्त गर्न चाहन्छु । नेपाली कांग्रेसका लागि धेरै चर्को मूल्य चुकाउनु पर्नेछ । ’