Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

सुनको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ । आइतबारको तुलनामा सोमबार सुनमो मूल्य प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ उचाइ लिँदै जाँदा नेपाली बजारमा पनि त्यसको प्रभाव परिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेर त्यसअघिका सबै रेकर्ड तोडेको थियो ।

आज सोमबार फेरि तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ । आज तेजावी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीले पनि दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४० रुपैयाँ कायम भएको छ ।