Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रवि लामिछानेको स्पष्टीकरण - जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन (भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै सांसदहरूलाई स्पष्टीकरण दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्ष र मिडियाले लगाएको आरोपबाट भ्रममा नपर्न आग्रह गरे । उपप्रधान एवं गृहमन्त्री समेत रहेका उनले आफू ठग नभएको बताए । “म यतातिर रहेका सांसदहरूलाई भन्न चाहन्छु– तपाईंको सभापति ठग होइन,” लामिछानेले रोस्ट्रममा उभिएर भने । 

गृहमन्त्री रवि लामिछानेले जीबी राईले गरेका सबै फोहोर आफूले सफा नगर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भनेका छन्, “जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन ।” 

लाइभ भिडियो-