काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ ।
महानगरपालिकाले गौशाला-चाबहिल चोकमा सडक अतिक्रमण गरि बनाएका घरहरुमा डोजर चलाएको हो। सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार बिहान महानगरले डोजर चलाएको हो।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । महानगरले आज बिहान गौशालाचोक आसपासमा सडककिनारअतिक्रमण गरी बनाइएको घर टहरा सटरहरु भत्काएको नगरप्रहरी बलले जनाएको छ।
महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ ।