कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्युु भएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याइएको जानकारी दिए ।
भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका धनगढी उपमहानगरपालिका– ८ का बुद्धिराम चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।प्रहरीका अनुसार अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाइएको थियो ।
भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै थिए । चौधरीको मृत्युको कारण नखुलेको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।