संसदीय समितिको टीओआरमा सहमति नजिक दलहरू
सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश आइतबार बेलुकासम्म टुंग्गो लगाउने तयारी भएको छ ।
कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यसमेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले कार्यादेशका विषयमा धेरै अन्तर नरहेको बताए । उनका अनुसार काँग्रेसले छलफलका लागि २० मिनेटको समय माग गरेको छ ।
बर्ताैलाका अनुसार सहमतिको नजिक पुगिएको बताए । कार्यदलको बैठक बिहानैदेखि कानुन मन्त्रालयमा बसेको हो ।
सहकारी प्रकरणबारे छानबिन गर्न समिति बनाउने सहमति शनिबार भएको थियो । टीओआरबारे टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक अनिश्चित भएको छ ।