भक्तपुरमा शौचालय (ट्वाइलेट) जाने क्रममा घरको पहिलो तल्लाबाट लडे एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा ट्वाइलेट जाने क्रममा घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी खोटाङ ऐसेलुखर्क गाउँपालिका ५ घर भई हाल कटुन्जेमा डेरा गरी बस्ने जमुना भट्टराईको मृत्यु भएको हो ।
घटनापछि उपचारका लागि उनका परिवारले अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान गरिएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए । प्रहरीका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।