Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

'नबिल बैंकको उद्यमशील कर्जाले काम गर्न थप आँट आयो'

'देशमैं केही गर्छु र सफल हुन्छु' भन्ने सपना बोकेका व्यक्तिहरूका लागि नबिल बैंकले ल्याएको नबिल उद्यमशील कर्जा योजना मार्फत् धेरै  उद्यमी युवाहरुले लाभ लिइरहेका छन्। विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपालीको परिवारलाई लक्षित गरेर नबिल बैंक लिमिटेडले नयाँ कर्जा योजना सञ्चलन गरेको हो।

ईच्छा शक्ती र सीप भएका व्यक्तीहरू पुँजी नभएकैं कारण व्यवसाय सञ्चालन गर्नबाट वञ्चित हुनुपरेको र त्यस्ता व्यक्तिहरुलाई सहयोग पुग्ने उद्येश्यले ‘नबिल उद्यमशील कर्जा ’ योजना ल्याइएको बैंकले बताएको छ। देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सीपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको सन्दर्भमा यो योजना सुरु गरिएको बैंकको दाबी छ।

नबिल बैंकबाट नबिल उद्यमशील कर्जा लिएर यतिबेला विभिन्न व्यक्तीहरूले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन। त्यसैमध्येकी एक हुन् दाङ बबई-६ की टिका भण्डारी खत्री। टिका हाल पशुपालन व्यवसाय गरिरहेकी छिन्। नबिल बैंकबाट ‘नबिल उद्यमशील कर्जा’ लिएर उक्त व्यवसाय सुरु गरेकी हुन्।

नबिल बैंकबाट कारोबार गरिरहेकी उनी नबिल उद्यमशील कर्जा को बारेमा सुन्दा आफूलाई खुशी लागेको बताइन्। उक्त कर्जाबाट आफूले पशुपालन व्यवसाय सुरु गर्ने हौसला पाएको टिकाले सुनाइन्। बिना कुनै झन्झट पाँच दिनमैं दाङको बबई शाखाबाट कर्जा लिएकी टिकाको घरमा अहिले १० वटा बाख्रा र ७ वटा कुखुराका चल्लाहरू छन। उनले बाख्रा र कुखुरा पालन व्यवसायलाई अगाडि बढाउने सपना बनाएकी छिन। उनका श्रीमान वैदेशिक रोजगारका लागी साउदी उडेको ५ वर्ष पुगिसक्यो। यही व्यवसायलाई राम्रो बनाइ श्रीमानलाई पनि घर फर्काउने योजना उनले बनाएकी छिन् । 

उनका श्रीमान साउदीमा सवारी चालक हुन। विदेशमा कमाएको पैसाले घर खर्च चलाउन र छोराछोरी पढाउन पनि धौंधौं हुने गरेको टिका बताउँछिन्। व्यवसाय गर्न मन भएता पनि आफूसँग लगानी गर्नका लागी पैसा नहुँदा सुरुमा एउटा बाख्राबाट व्यवसाय सुरु गरेकी उनले नबिल बैंकको नबिल उद्यमशील कर्जाबाट आफूलाई काम गर्नमा सहज भएको बताइन्।

यस्तै, पुष्पा कार्की क्षेत्री नबिल बैंकबाट नबिल उद्यमशील कर्जा लिएर पुस्तक पसल सञ्चालन गरिरहेकी छिन। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-३ की पुष्पाले पनि नबिल बैंकबाट नबिल उद्यमशील कर्जा लिएर पुस्तक पसल सञ्चालन गरेकी हुन्। कावासोतीमा दीप इन्टरप्राइजेज् पुस्तक पसल सञ्चालन गरीरहेकी उनले कर्जाबारेमा साथीबाट सुनेकी थिइन्।

बैंकबाट ३५ लाख कर्जा लिएकी उनले पसललाई अझ विस्तार गर्ने योजना रहेको बताउँछिन्। विगत १४ वर्षदेखी पुस्तक पसल सञ्चालन गरिरहेकी उनले नबिल बैंकबाट कर्जा सहजै पाएको अनुभव सुनाइन। वि.सं २०८० सालको माघ महिनामा कागजात बुझाएको र उक्त कर्जा कावासोतीस्थित नविल बैंकको शाखाबाट आफूले ३ दिन भित्रमा पाएकी थिइन्। शिक्षा संकायमा स्नातक गरेकी पुष्पाका श्रीमान हाल वैदेशीक रोजगारको सिलसिलामा दुबईमा छन । यता पुष्पा भने आफ्ना दुई नानी बाबुलाई पढाउँदै पुस्तक पसल सञ्चालन गरिरहेकी छिन्। तीन/तीन महिनामा किस्ता बुझाउँदै आएकी पुष्पा नबिल बैंकको नबिल उद्यमशील कर्जाबाट आफूलाई निकै सहयोग भएको बताउँछिन्। 

नबिल बैंक लिमिटेड, माइक्रो फाइनेन्स एन सस्टिनेबल बैंकिङका प्रमुख अमित श्रेष्ठले देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सीपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेकोजस्ता समस्या देखिएको सन्दर्भमा ‘नबिल उद्यमशील कर्जा’ योजना सुरु गरिएको बताए। मनोजका अनुसार यो कर्जा योजना विदेशमा सिकेको सीपलाई प्रयोग गर्दै नेपालमै केही गरौँ भन्ने सोच बनाइरहेका नेपालीहरूलाई केन्द्रित गरिएको छ।

उक्त  कार्यक्रमअन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउने गरिएको उनले बताए। उनका अनुसार यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मका लागि उपलब्ध गराइनेछ। यो कर्जामा बैंकले आधार दरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने व्यवस्था  रहेको उनले बताए। 

आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिनभित्रमा कर्जा प्रवाह भइरहेको उनको भनाइ छ। नबिल बैंकको ३१७ एटिएम र २६८ साखाहरू रहेका छन। आफूलाई पायक पर्ने साखामा गई नबिल उद्यमशील कर्जा सेवा ग्राहीहरूले लीन सक्ने उनले बताए। सेवाग्राहीहरूको सजिलोको लागी  १ महिना वा ३ महिनामा किस्ता बुझाउने व्यवस्था गरिएको उनले बताए।

नेपाल रैबारसँगको कुराकानीमा केही गर्छु भन्ने ईच्छा शक्ती, र स्कील भएका व्यक्तिहरूलाई नबिल बैंकले सहयोग गरिरहेको र आगामी दिनहरूमा पनि सहयोग गरिरहने उनको भनाइ छ। नयाँ व्यवसाय सञ्चालन गर्न अथवा सञ्चालन गरिरहेका व्यवसायलाई निरन्तरता दिन व्यवसायीहरू पैसा कै कारण पछाडी पर्न नहुने उनले भने। यसका लागी उक्त व्यवसायीहरूले नबिल बैंकसँग समन्वय गर्न सक्ने उनको भनाइ छ। नबिल बैंकले समय/समयमा विभिन्न आकर्षक कर्जाहरू तथा योजना सेवाग्राहीहरू बीच ल्याउने गरेको छ।