प्रतिनिधिसभा बैठक आउँदो जेठ ६ गते बस्ने भएकाे छ ।
आइतबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । आज बिहान बोलाइएको बैठक दिउँसोलाई सारिएको थियो । संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।
बैठक आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ। कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समित बन्नुपर्ने अडान कायम राखेको छ भने सत्ता पक्ष अझै राजी भएको छैन। यसअघि बसेको राष्ट्रिय सभाको बैठकमा कांग्रेसले अवरोध गरेको थियो। त्यसपछि बैठक आइतबारसम्म स्थगित गरिएको छ।