Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

१० वर्षमा २८ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्न सक्छः कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २,८०० मेगावाट विद्युत उत्पादनको लक्ष्य निजी क्षेत्रले मात्रै पूरा गर्न सक्ने बताएका छन् ।

आज ९बिहीबार० काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले नेपालको जलविद्युत् उत्पादनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै १० वर्षमा दुई हजार ८०० विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

जलविद्युत व्यवसायीहरूका मागप्रति प्राधिकरण सकारात्मक रहेको उनको भनाइ छ । निजी क्षेत्रका जस्तै समस्या प्राधिकरणले समेत भोगी रहेको भन्दै प्राधिकरणलाई पनि सुधार गर्दै लैजान आवश्यक रहेको बताए । 

घिसिङले प्राधिकरण पीपीए खोल्नेदेखि लिएर पीपीए भएका आयोजनाहरू निर्माण समयमा सम्पन्न सहजिकरण गर्ने विषयमा सकारात्मक रहेको बताए । प्राधिकरणले अहिलेसम्म १० हजारसम्मको पीपीए गरेर तीन हजार ५०० को प्रोजेक्ट आइसकेको र सो प्रोजेक्ट निर्माणको चरणमा रहेको बताए ।