Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रवि लामिछानेको गल्ती भेटिए रास्वपाका सबै सांसदहरूले राजनीति छाड्छौँ - मनिष झा

'अब संसदीय छानबिन समिति बन्दैन्'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने बताए । संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले आज संसद्मा अमर्यादित हर्कत गरेको भन्दै समिति नबन्ने बताए । 

साथै उनले पार्टी अध्यक्ष रवि लामिछानेको गल्ती भेटिए रास्वपाका सबै सांसदहरूले राजनीति छाडिदिने बताए । “उहाँले म मात्र राजनीति छाड्छु भन्नुभयो । म यहाँ उभिएर भन्छु उहाँको खोट भेटिए हामी सबै राजनीति छाड्छौँ । के कांग्रेसले हिम्मत राख्छ कि सभापतिको उसको श्रीमतीको, छोराको गल्ती देखिए राजनीति छोड्न सक्छन् ?,” उनले प्रश्न गरे । 

कांग्रेसको सबै पदाधिकारीको फाइल खोल्ने भएमात्र समिति बन्ने झाको भनाइ छ । सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अभद्र व्यवहार गरेको बताएका छन् । 

बिहीबार संसद्‌बाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले वयोवृद्ध र पटकपटक प्रधानमन्त्री भएका नेतालाई कांग्रेस उपसभापतिले अभवद्र व्यवहार गरेको आरोप लगाए । “मेरो बुबा उमेरका नेताले जुन अभद्र व्यवहार देखाउनु भयो, हात हालाहालको अवस्थामा पुर्‍याउनुभयो वा अमर्यादितरूपमा प्रस्तुत हुनुभयो,” उनले भने । 

विगतको सहयात्री रहेका एमाले नेता ओलीलाई कांग्रेसले अभद्र व्यवहार गर्न नमिल्ने उनको भनाइ छ ।