प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सदनको अवरोध खुलाउन सहमत भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि काँग्रेस सदनको अवरोध हटाउन तयार भएको हो ।
काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको थियो । दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा काँग्रेस ले अवरोध नगर्ने काँग्रेस सांसद रामहरि खतिवडाले बताए । योसँगै रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेले बैठकमा बोल्न पाउने भएका छन् ।
खतिवडाका अनुसार बैठकमा पहिला गृहमन्त्रीले आफ्ना भनाई राख्ने र त्यसपछि काँग्रेसका सांसदहरुले बोल्ने सहमति भएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारेका थिए।
दलहरूबीच सदन खुलाउने प्रयासस्वरूप भइरहेको छलफल लम्बिएकाले बिहानका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको हो ।