Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको निधन

नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भएको छ ।

बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । नेपाली सेनाका अनुसार थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए ।

उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।