Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफल सकियो, बालुवाटारमा के के भयो?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच बालुवाटारमा चलिरहेको छलफल सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार तीन नेताबीच छलफल भएको हो। संसद्को गतिरोध अन्त्य र समसामयिक विषयमा छलफल गर्न नेताहरू जुटेका थिए ।

यी तीन नेताबीच बुधबार पनि सिंहदरबारमा छलफल भएको थियो । आजको संसद् बैठकअघि पनि नेताहरूले छलफल गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाबारे छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक सञ्चालन गर्न दिने अडान लिएको छ ।