Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सरकारको नीति तथा कार्यक्रम जेठ ९ गते प्रतिनिधि सभाबाट पारित गरिने

सरकारको आउँदो आर्थिक वर्ष २०८१/८२ को वार्षीय नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट जेठ ९ गते पारित हुने भएको छ । प्रतिनिधिसभाले तय गरेको सम्भावित कार्यसूची अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने र ९ गते पारित गर्ने उल्लेख छ ।

सम्भावित कार्यतालिका अनुसार जेठ ४ , ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि ९ गते छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । सम्भावित कार्यसूचीमा निर्णयार्थ पेश गर्नु अगाडि शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।

प्रतिनिधि सभामा जेठ १३ गते शून्य समय, विशेष समय, आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश, बैंक तथा वित्ती संस्थासम्बन्धी (पहिलो संशोधन)विधेयकमाथि विचार गरियोस्, रा।स।मा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसदीय क्यालेन्डरमा उल्लेख छ ।

सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने संवैधानिक व्यवस्था छ । उक्त दिन संयुक्त बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । सम्भावित कार्यतालिका अनुसार राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल, आर्थिक विधेयक २०८१ पेश, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि दिन र समय निर्धारण हुनेछ ।