सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका थिए । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ ।
राष्ट्रपति पौडेलले वाचन गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनर्उत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताएका छन् ।
सुशासनलाई संस्तथागत, विकासलाई गति र सेवा प्रवाहलाई सुधार गर्न सरकार स्पष्टसाथ अघि बढेको पनि राष्ट्रपतिले जनाएका छ । नीति तथा कार्यक्रम ५६ पृष्ठको छ ।