Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज मंगलबार सुनको भाउ घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ तोकेको छ । सोमबार १ लाख ३८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । सोमबार तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।