बैतडीका एक युवकको मलेसियामा आगलागीमा परी ज्यान गएको छ । मेलौली नगरपालिका–१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो ।
नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो । उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा दिपक विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए ।
नायकको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष शरद नेगीले बताए । दिपकको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ ।