Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रोजगारी दिने भन्दै बालबालिकालाई अश्लील क्रियाकलापमा संलग्न गराएको आरोपमा युवती पक्राउ

 बालबालिकाहरूलाई अश्लील भिडियो बनाउन प्रयोग गरेको आरोपमा एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका ६ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने १९ वर्षीया अंजली अधिकारी रहेका छन् ।

आर्थिक हिसाबले विपन्न परिवारका बालबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी उपलब्ध गराई दिने भनि सामाजिक सञ्जालमा ‘स्ट्रिप च्याटः फ्रि लाइभ सेक्स क्याम्स एन्ड एडल्ट च्याट विथ नेक्ड गर्ल्स’ मा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्ट मार्फत लाइभ भिडियो च्याटमा बसी स्ट्रिप च्याटका कस्टमरहरुसँग अश्लिल कुराकानी गर्न लगाउने पाइएको छ ।

साथै, बढी आम्दानी गर्नको लागि टोकन अर्न गर्नुपर्ने र सोको लागि आफ्नो शरीरको कपडा खोली यौनाङग समेत प्रर्दशन गरी अश्लिल यौनजन्य क्रियाकलापमा संलग्न गराइ अश्लील सामग्री निर्माणमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले आइतबार उक्त कार्य गराउने अंजलीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक काराबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ। पक्राउ परेकी अन्जलीको साथबाट भिभो कम्पनीको मोबाइल थान–१, डेल कम्पनीको ल्यापटप थान–१, वेब क्यामरा थान–१ र पारदर्शी कपडा थान–४ बरामद भएको प्रहरीले जनाएको छ ।