क्रिकेटर सन्दीप लामिछानेको न्यायको पक्षमा अभिव्यक्ति दिँदै आएका अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
आज सोमबार प्रहरीले उनलाई सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ गरेको हो । निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् ।
केही दिनअघि उनीसहित सयौँ युवाले कलंकीमा र्याली निकालेका थिए । हिजो पनि केही युवाहरूसहित उनले सर्वोच्च अगाडि गएर प्रदर्शन र नाराबाजी गरेका थिए ।
प्रहरीले उनलाई मात्रै पक्राउ गरेको छ । निकोलसलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।