जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अध्यक्ष यादवले आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामापछि यादवले वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न नसकिएको बताए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिक दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विसकित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
आजै बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उनले राजीनामा बुझाएका हुन् । अघिल्लो साता जसपा नेपाल विभाजनसँगै बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि अहिले प्रचण्ड सरकारमै छ ।
उनले पृष्ठभूमिका राजनीतिक कारणहरू भने राजीनामा उल्लेख गरेका छैनन् ।