कलाकार तथा म्युजिक भिडिओ निर्देशक उज्वल केसीको निधन भएको छ ।
उनको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए । लामो समयदेखि बेल्जियम बस्दै आएका केसीको बेल्जियममै निधन भएको हो ।
केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिने बताइएको छ ।