Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सन्दीप लामिछानेलाई न्याय दिनुपर्ने भन्दै सर्वोच्च परिसर पस्न खोजेका तारा बरालसहित ६ जना पक्राउ

सन्दीप लामिछानेलाई न्याय माग्दै सर्वोच्च परिसर पस्न खोजेपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आइतबार तारा बरालसहित सर्वोच्च पुगेका ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । केही दिनअघि सन्दीप पक्षधरले माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।