Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

फेवाताल जलकुम्भी सरसफाई अभियानको शुभारम्भ

‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी’

पोखराको फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियानको शुभारम्भ गरिएको छ । ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी’ नारासहित अभियान सुरु गरिएको हो । आइतबार विहान पोखरा–१८ खपौदी  ढल्केबरस्थित फेवतालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा जलकुम्भी सफाइ अभियान सुरु भएको हो ।

Photo (1).jpg

हरेक बर्ष चैत्रमा हुने उक्त कार्यक्रम विविध कारणले ढिला हुन गएकाले बैशाखको अन्तिम साता प्रारम्भ भएको हो । आइतबार पहिलो दिन सशस्त्र प्रहरी, नेपाली सेना, महानगरिय प्रहरी, स्थानीय आमा समूह, नागरिक समाज, रेवान, सामाजिक संघसंस्था, पत्रकारहरुले सरसफाइमा भाग लिए ।

Photo (5).jpg

सोमबारदेखि जलारी समुदायले ज्यालासहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका–६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले जानकारी दिए । आइतबारको कार्यक्रममा पोखरा महानगरका वडा नं.६ र १८ का वडाध्यक्षसहित रेवान, विभित्र समूहका अभियन्ताहरु, आमा समूहहरु , जलहारी समुदाय, पर्यटन ब्यावासायी, सशस्त्र प्रहरीको कालिका गण, नेपाली सेनाको कृष्णदल गण, रणचन्डी गण, पोखरा महानगरको महानगरी प्रहरीलगायत स्थानीय र संचारकर्मी गरि करिब तीनसय जनाको सहभागिता रहेको थियो ।

Photo (4).jpg

नागरिक महाअभियान कास्कीका संयोजक समेत रहेका रामबहादुर पौडेलको अध्यक्षता भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हे.क्वा कास्कीका गणपति एसपी अरुण पौडेल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

Photo (2).jpg