Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् प्रतितोला कति पुग्यो?

साताको पहिलो दिन तथा आज आइतबार सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ १० रुपैयाँ बढेर तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।