Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ ।

सरकारले गरेको १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा नेपालले असन्तुष्टि जनाउँदै टिप्पणी गरेका थिए । सो विषय विवाद सिर्जना भएपछि उनलाई राष्ट्रपति पौडेलले सोधपुछ गरेका थिए । आफ्नो अभिव्यक्ति विवादमा परेपछि नेपालले राजीनामा दिएका थिए ।

उक्त राजीनामा आइतबारबाट लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिको सचिवालयबाटै आएको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । ओलीले नेपालको सो अभिव्यक्तिबारे आपत्ति जनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीको समेत जवाफ मागेका थिए ।

r.webp