Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भद्रपुर एयरपोर्टबाट दुई किलो ५ ग्राम चाँदीसहित भारतीय महिला पक्राउ

भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर एयरपोर्टबाट २ किलो ५ ग्राम चाँदी जस्तो देखिने धातुसहित भारतीय महिला पक्राउ परेकी छन् ।

भारतको उत्तराखण्ड देराजुङ बस्ने ३० वर्षीया तेन्जिङ छिरीङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानबाट काठमाडौँ जान लागेकी उनलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा रहेको उक्त धातु फेला पारी पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।