Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कामीरिता शेर्पा २९ औं पटक सगरमाथा शिखरमा, तोडे आफ्नै ‘रेकर्ड’

सोलुखुम्बुका कामीरिता शेर्पाले २९ औं पटक सगरमाथाको शिखर चुमेका छन् । शेर्पा आज आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

 शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोडेका छन् । उनी गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखरमा पुगेका थिए । सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाको सगरमाथा आरोहण यात्रा सन् १९९२ मा आरोहण सहयोगीको रुपमा शुरु भएको थियो ।

५४ वर्षका शेर्पाले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमाल समेत आरोहण गरिसकेका छन् ।