Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सरसफाइ अभियानमा बढी फोहर संकलन गरी नेपाली सेनाको टोली पहिलो

तनहुँको दमौलीस्थित बुल्दीखोलामा शनिबार आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर संकलन गरी पहिलो भएको छ ।

युवा अभियन्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर संकलन गर्ने व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)लाई पुरस्कृत गरियो ।

व्यास–१, करङकाठदेखि व्यास–३, सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले एक हजार २४ किलो फोहर संकलन गरेको थियो । यस्तै, व्यास–२ स्थित पुलजीप टोल विकास संस्थाले ९४०.७ किलो फोहर संकलन गरी दोस्रो स्थान हासिल गरेको छ ।

पहिलोलाई नगद १० हजार र प्रमाणपत्र र दोस्रो भएको समूहलाई पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।