Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

दाङको घोराहीमा दुई महिलाको हत्या

दाङको घोराही उपमहानगरपालिका–१०, पहेलपारमा शनिबार (आज) दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

सुर्खेत घर भई घोराही–१०, पहेलपारमा बस्दै आएकी अन्दाजी ४४ वर्षीया संगीता सुनार र रुकुम घर भई सोही ठाउँमा बस्दै आएकी अन्दाजी ५० वर्षीया जुतली बुढाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले बताए ।