Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनु पर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ, तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्म मात्रै भएको उल्लेख गरेका हुन् ।

रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘अनेक गरिन्छ, तर सत्ता जोगाइन्छ वालाको संगतले पुर्‍याउने सत्तासम्म हो । तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफूप्रति गरेको आशा गुमाउनु पर्छ । म हुन्नँ भने यो कुर्सी नै भाँचिदिन्छु वालाको संगतले पुर्‍याउने ओठेजवाफसम्म हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ ।’

कार्कीले थप लेखेका छन्, ‘अघिल्लो स्टाटस लेखेको थिएँ–हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरुङ र ज्ञानेन्द्रबहादुर कार्की समेत मिसिएर अहिले सदाचार, पारदर्शिता र कानूनीराज सिकाउँदै छन् । यो दृष्य दुःखद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ । पटक पटक लेख्छु, आँखा खोलौँ ।’

ganesh-karki-status-768x279-1.webp