Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

अब माओवादी पार्टी फुट्छः उपेन्द्र यादव

माओवादीले जसपा फुटाएको आरोप

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।

आज शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै अब फुटको शिकार माओवादी नै हुने दावी गरे । पार्टी फुटाउने नेताहरूलाई मागे जति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दै उनले उनीहरूको गन्तव्य माओवादी र एमाले नै भएको जिकिर गरेका छन् ।

पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उनले बताए । नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोलिपल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाव दिएको उनले बताए । उनले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने स्पष्ट पारेका छन् ।