Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रोष्ट्रम घेर्दै कांग्रेसको नाराबाजी, प्रतिनिधि सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो ।

सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार सदन बैठक अगाडि बढाउन थालेपछि कांग्रेसले नाराबाजी गरेको हो । कांग्रेसले सहकारी हिनामिनाका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित नाराबाजी गरेका हुन् ।

त्यसअघि कांग्रेसका महामन्त्री समेत रहेका गगनकुमार थापाले संसदीय कामकारबाहीमा कांग्रेसको साथ नरहने घोषणा गरेका थिए । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।