कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत पालविरूद्ध विशेष अदालत, काठमाडौंमा आरोप९पत्र दायर भएको हो।
अनुसन्धानको सिलसिलामा पालले तटबन्धन निर्माण योजनामा पेश्की रकम निकासा, पहिलो रनिङ्ग विल भुक्तानी तथा योजनाको सहजिकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँगएक १ लाख २० हजार घुस लिएको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले जानकारी दिए ।
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)बमोजिमको कसुरमा १ लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले उनलाई वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।