Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

कालोसूचीमा परे २२४ निर्माण कम्पनी

पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौताबमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले चालू आर्थिक वर्षको पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेका हुन् ।

निर्माण कम्पनीहरुले सम्झौताबमोजिम काम सम्पन्न नगरेपछि सार्वजनिक निकायले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा कार्यालयले तथ्यमा आधारित भएर कालोसूचीमा राख्ने गरेको र्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।