Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा आज सुन प्रतितोला २३ सय रुपैयाँले बढेको हो।

आज छापावाला सुनको मूल्य प्रतितोला एक १ लाख ३७ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहिबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ ।


यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।