Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द

कैलालीका सीमा नाका आज (शुक्रबार) बाट तीन दिनसम्मका लागि बन्द हुने भएका छन् । भारतमा भइरहेको लोकसभा निर्वाचनको लागि कैलालीका साना–ठूला सीमा नाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा निर्वाचनका हुँदैछ । त्यसको लागि आज साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

 जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए ।