Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

धरानका पूर्वमेयर र उपमेयरलाई हर्क साम्पाङले सोधे ९ बुँदे स्पष्टीकरण (पूर्णपाठसहित)

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूर्व मेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् । मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडीबीको ऋण लिने विषयमा गरेको निर्णयबारे स्पष्टीकरण सोधेका हुन् । साम्पाङले पूर्व मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी (सुवेदी) लाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

वैशाख २७ गतेको मितिमा काटेको स्पष्टीकरण पत्रमा नगरको खानेपानी समस्यालाई समाधान गर्नका लागि सम्झौता गरेबमोजिम खानेपानीको दीर्घकालीन समस्याको समाधान नै नभई पूर्णरूपमा सफल नभएको आयोजना सफल भएको नगरको प्रमुख उपप्रमुख भएको कार्यकालमा खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेको विषयमा स्पष्ट पार्न सात दिनको म्याद दिइएको छ ।

पत्रमा भनिएको छ, ‘अहिलेसम्म पनि नगरबासीहरूलाई उक्त आयोजनाबाट पानी उत्पादन गरी वितरण गर्न नसकेको र आयोजना सञ्चालन हुँदा चरम लापरबाही तथा भ्रष्ट्राचार भएको भनी समेत जनगुनासो आएको सन्दर्भमा उक्त आयोजना सम्बन्धी तपसिल बमोजिम के कसो भएको हो सो विषयमा ७ दिन भित्रमा लिखित स्पष्ट पारिदिन हुन अनुरोध छ ।’

मेयर साम्पाङले पूर्वप्रमुख र उपप्रमुखलाई काटेको स्पष्टीकरण पत्रमा तत्कालीन बोर्ड गठन हुँदा के कस्ता प्रावधानलाई पूरा गरी गठन भएको थियो र सदस्यहरू थपिँदा के कसरी थपिएका थिए? खानेपानी आयोजनाले सम्झौताअनुसार दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने शर्तानुसार उत्पादन गर्न नसकेको तथ्यलाई लुकाएर आयोजनालाई जिम्मा लिनु पर्ने कारण के थियो? भन्ने प्रश्न गरिएको छ ।

त्यस्तै, उनले आयोजना जिम्मा लिन अघि निर्माण कम्पनीको तिर्नुपर्ने ऋण किन चुक्ता नगरेको? आयोजना निर्माणको अवधिमा गुणस्तर सम्बन्धी के कस्ता र कति मापदण्ड पुरा गरिएका थिए जाने जति प्रष्ट्याइदिन अनुरोध गरिएको छ । उनले पाइप विस्तार कार्य गराउँदा मूल निर्माण समितिले नै गरेको थियो या अन्यले गरेको थियो? अन्य पेटी ठेकेदारहरूले गरेका थिए भने कुन–कुन ठेकेदारले के कति कारणले गरेका थिए भन्दै स्पष्टीकरण दिन भनेका छन् ।
हेर्नुस् पत्र

harka1.webp