Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बैंकका सुरक्षा गार्डको हत्या

सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या भएको छ ।

सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडको शाखाका सुरक्षा गार्ड फत्तेपुर–२ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो ।

राति ड्युटीमा बसेका फुँयाल बिहान मृत फेला परेका हुन् ।  थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।