Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

लागुऔषध कारोबारी पक्रिन बाँके प्रहरीले चलायो गोली

बाँके प्रहरीले गोली हानेर एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

बाँकेको कोहलपुरस्थित पिपरामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक राउण्ड गोली प्रहार गरी लागूऔषध खैरो हेरोइन कारोबारी शुशील परियारलाई नियन्त्रणमा लिइएको ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए ।

उनका अनुसार प्रहरी निरीक्षक रुपेश विष्ट र प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेलले बाँके प्रहरीको सहयोगमा अपरेशन चलाएका थिए । प्रहरीले परियारबाट ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

थपलियाले भने, ‘परियार खैरो हेरोइनका सक्रिय कारोबारी रहेको सूचना पाएपछि पक्राउ गर्न हाम्रो टोली पुगेको थियो, परिस्थिति बाहिर जान खोजेपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाउन परेको हो । थप अनुसन्धान गर्दैछौं ।’