कामना सेवाको दृष्टिविहीन लक्षित स्वाभिमान बचत खातामा के छ?
दृष्टिविहीन भएका व्यक्तिहरू हालसम्म पनि बैंकिङ पहुँचमा पुग्न सकेका छैनन। बैंकमा खाता खोल्न जाँदा होस अथवा डिपोजिट गरिएको पैसा नै निकाल्न जाँदा होस उनीहरू बैंकिङ विभेद सहन बाध्य छन। खाता खोल्न जाँदा कतिपय दृष्टिविहीनहरू हस्ताक्षर गर्न नसकेकै कारणले गर्दा बैंक तथा वित्तिय संस्थाहरूले खाता खोल्न नदिई रित्तो फर्काइदिने गर्दछन।
सुरक्षाको कारण देखाउँदै कतिपय बैंकहरूले भने साक्षी राखेमा मात्र उनीहरूलाई खाता खोल्न दिने गरेका छन। यदि खाता खोल्न पाइहालेता पनि दृष्टिविहिनहरूलाई मोबाइल बैंकिङ र एटीएम उपलब्ध गराउँदैनन। साक्षी राखेर खाता खोलेता पनि साक्षी नलगिकन पैसा निकाल्न जाँदा आफूले डिपोजिट गरेको पैसा दिनलाई पनि बैंकहरू अप्ठ्यारो मान्छन साक्षर भएता पनि हस्ताक्षर गर्न नसकेकै कारण बैंक तथा वित्तिय संस्थाहरूले असाक्षरको सूचिमा राखी दिदां यसले उनीहरूको आत्मबलमा ठेस पुग्ने गर्दछ।
कामना सेवा विकास बैंकले भने नेपालमैं पहिलोपटक दृष्टिमा समस्या भएका व्यक्तिहरूलाई साङ्गसरह सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ। कामना सेवा विकास बैंकले ल्याप्चे कै आधारमा मोबाइल बैंकिङ, एटीएम लगायतका सेवाहरु विगत ६ वर्षदेखि उपलब्ध गराउँदै आएको हो।
रुपन्देही जिल्ला सियारी-५ दुर्गापुर वीरेन्द्र मा.वि. का शिक्षक हुन् माधव कँडेल। उनी पूर्ण दृष्टिविहीन हुन्। कामना सेवा विकास बैंकमा खाता खोलेर आफूलाई सजिलो भएको कँडेल बताउँछन। रुपन्देहीको मैनिया ब्रान्चमा एक वर्ष अघि स्वाभिमान खाता खोलेका उनले मोबाइल बैंकिङबाट बैंकिङ कारोबार गर्न आफूलाई अझ सजिलो भएको उनको बुझाइ छ।
साक्षी नलगिकन पैसा निकाल्न जाँदा आफूले डिपोजिट गरेको पैसा दिनलाई पनि बैंकहरू अप्ठ्यारो मान्छन साक्षर भएता पनि हस्ताक्षर गर्न नसकेकै कारण बैंक तथा वित्तिय संस्थाहरूले असाक्षरको सूचिमा राखिदिदा यसले उनीहरूको आत्मबलमा ठेस पुग्ने गरेको उनीहरुसँग अनुभव छ।
अन्य बैंकहरूमा खाता खोल्न जाँदा आफूले धेरै दु:ख पाएको कँडेल सुनाउँछन। कामना सेवा विकास बैंकले आफूहरूलाई बैंकिङ कारोबार गर्नमा सहज बनाइदिएको उनको भनाइ छ। अन्य बैंकहरूमा आफ्नै पैसा निकाल्न जाँदा समेत बैंकका कर्मचारीहरूले साक्षी ल्याउन भनेको उनले सम्झिएँ। त्यति बेला पैसा कसरी निकाल्न जाने भन्दा पनि साक्षी कसलाई लिएर जाने भन्ने आफूलाई तनाव हुने गरेको कँडेल सम्झिन्छन। तर अहिले कामना सेवा विकास बैंकमा पैसा राख्न अथवा पैसा निकाल्न जाँदा आफू एक्लै जाने गरेको उनले बताए। अन्य व्यक्तिको साहाराबिना आफै बैंकिङ कारोबार गर्न पाउँदा खुशी लागेको कँडेलको भनाइ छ।
वीरेन्द्र गिरी पेसाले सञ्चारकर्मी हुन्। कपिलवस्तु घर भएका उनी पालपामा अवस्थित रेडियो पश्चिमाञ्चलमा कार्यक्रम सञ्चालन गर्छन। सामाजिक सुरक्षा भत्ताको आफ्नो खाता कामना सेवा विकास बैंकमा रहेको बताए। उक्त खाता खोल्दा कामना सेवाले मोबाइल बैंकिङ एटीएम नदिएकोमा गुनासो गरे। स्वाभिमान बचत खातामा जस्तै सामाजिक सुरक्षाको खाता खोल्दा पनि अत्यावश्यक मोबाइल बैंकिङ एटीएम आफूहरूलाई उपलब्ध गराएमा बैंकिङ कारोबार गर्न अझ सजिलो हुने उनको बुझाइ छ।

काठमाडौं स्थित सुकेधारामा बस्दै गरेकी स्मारिका पोख्रेल दृष्टिविहीनहरूका लागी मोबाइल बैंकिङ अत्यावश्यक भएको बताउँछिन। स्क्यान र वित्तिय कारोबार गर्नमा सहज भएको भन्दै कामना सेवा विकास बैंकले जस्तै ल्याप्चे कै आधारमा अन्य बैंकहरूले पनि सेवा उपलब्ध गराउनु पर्ने बताइन।
सौगात वाग्ले वायु सेवा निगमका कर्मचारी हुन्। कामना सेवा विकास बैंकले गरेको काम प्रशंसा योग्य रहेको उनको अनुभव छ। ल्याप्चेकैं भरमा बैंकका सम्पूर्ण सेवा आफूहरूले उपभोग गर्न पाइरहँदा समग्र दृष्टिविहिन व्यक्तिहरूकालागी लाभदायी रहेको बताउँछन। कामना सेवा विकास बैंकमा दुई महिनासम्म इर्न्टनसिप गरिसकेका वाग्लेले बैंकले के दियो के दिएन भन्दा पनि दृष्टिविहिन भएका व्यक्तिहरूलाई सहजरूपमा बैंकिङ कारोबार गर्न दिनु नै महत्वपूर्ण रहेको वाग्लेको बुझाइ छ।
कामना सेवा विकास बैंकले मोबाइल बैंकिङ एटीएम पनि उपलब्ध गराइरहेको र वेवसाइट अपाङ्गमैत्री रहेको र आफूहरूभन्दा अझ सुरक्षित तवरले दृष्टिविहीनहरूले मोबाइल बैंकिङ सेवा चलाउन सक्नेमा कामना बैंक विश्वस्त छ।
व्यपारको रूपमा मात्र नभएर सामाजिक उत्तरदायित्वकोरूपमा कामना सेवा विकास बैंकले कारोबार गर्नकालागी सेवा दिनु पर्ने उनले भने। सेवा ग्राहीहरूलाई बैंकमा जान नपर्ने गरी मेल अथवा फोनको माध्यमबाट सेवा उपलब्ध गराएमा दृष्टिविहिन भएका व्यक्तिहरूलाई कारोबार गर्न अझ सहज हुने वाग्लेको बुझाइ छ। बैंकका शाखाहरू अपाङ्गमैत्री बनाउने बहिरा व्यक्तिहरूकालागी दोभासेको व्यवस्था गर्ने दृष्टिविहिन भएका व्यक्तिहरूलाई रोजगारको व्यवस्था गर्ने। बल्कमा रिनु गर्ने खाताका फोमहरू ब्रेल लिपीमा बनाउने यावत सुविधा उपलब्ध गराएमा दृष्टिविहिनहरूलाई कारोबार गर्नमा अझ सहज हुने वाग्लेले बताए।
सर्वोदय संस्थामा समेत काम गरिसकेका उनले नेपालका सबै बैंकहरूले दृष्टिविहीन भएका व्यक्तिहरूलाई साङ्गसरह वित्तिय सेवा दिनु पर्ने बताउँछन। नियम्बनकारी नेपाल राष्ट्र बैंक भने यो समस्याबाट पन्छिन खोजिरहेको वाग्ले बताउँछन। दृष्टिविहीन भएका व्यक्तिहरूको बैंकिङ पहुँच र सहजरूपमा कारोबार गर्नकालागी नेपाल राष्ट्र बैंकले चाँसो नदेखाएको उनको बुझाइ छ। यदी राष्ट्र बैंकले चाँसो नदेखाउने हो भने दृष्टिविहिन भएका व्यक्तिहरू सँधै बैंकिङ विभेद भोगिरहनु पर्ने उनले बताए।
बैंकिङ तथा वित्तिय संस्थामा पहुँच पुर्याउने उद्देश्यले स्वाभिमान बचत खाता विगत ६ वर्षबाट सञ्चालन गरिएको कामना सेवा विकास बैंकका ब्रान्डिङ्ग् एन्ड कर्पोरेट हेड सुशिल पौडेलले जानकारी दिए। कामना सेवा विकास बैंकमा खाता खोल्न आउँदा दृष्टिविहीन भएका व्यक्तिहरूले ल्याप्चे हानेर खाता खोल्न सक्ने उनले बताए। खाता खोल्न पैसा राख्न पैसा निकाल्न आउँदा साक्षी बिना ढुक्कले काम गर्न मिल्ने पौडेलले भने। कामना सेवा विकास बैंकले मोबाइल बैंकिङ एटीएम पनि उपलब्ध गराइरहेको पौडेल बताउँछन। उक्त बैंकको वेवसाइट अपाङ्गमैत्री रहेको र आफूहरूभन्दा अझ सुरक्षित तवरले दृष्टिविहीनहरूले मोबाइल बैंकिङ सेवा चलाउन सक्नेमा कामना बैंक विश्वस्त रहेको उनले बताए।
नेपाल रैबारसँगको कुराकानीमा फोनको ब्राइटनेस घटाएर पनि दृष्टिविहीनहरूले मोबाइल बैंकिङ चलाउन सक्ने हुँदा पासवर्ड सुरक्षित हुने उनको विस्वास रहेको छ। स्वाभिमान बचत खाता मात्र नभएर यस बैंकमा भएका जुन सुकै खाता खोल्दा पनि सजिलैसँग साङ्गसरह दृष्टिविहीनहरूले सम्पूर्ण खाता खोल्न सकिने उनले बताए। दृष्टिविहीनहरूले चाहेमा पाँच वर्षकोलागी एकै पटक मोबाइल बैंकिङ एटीएम नविकरण गर्ने व्यवस्था रहेको उनी भन्छन। क्षमता भएका दृष्टिविहिनहरू काम गर्न खोजेमा बैंकको ढोका सधैँ खुला हुने उनको भनाइ छ। नेपालमा छरिएर बसेका दृष्टिविहीनहरूलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको लक्ष्य रहेको उनले बताए। हालसम्म २४० जना स्वाभिमान बचत खाताको प्रयोग कर्ता भएको र आगामी दिनमा यो सङ्ख्या अझ बढ्ने उनको विश्वास छ।
नेपाल राष्ट्र बैंकको नियममा नै अपाङ्ग असाक्षर र जेष्ठ नागरिकहरूलाई उच्च प्राथमिक्तामा राखेर विशेष काउन्टर तोकेर बैंकहरूले सेवा उपलब्ध गराउने व्यवस्था छ। कुनै एक स्थानीय तहमा यदि कुनै पनि बैंकको पाँच वटा शाखाहरू छनभने एउटा एटीएम अपाङ्गमैत्री हुनुपर्ने र त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरू एटीएम मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ चलाउन सक्षम भएको यकिन गरी बैंकहरूले उक्त सेवा उपलब्ध गराउनु पर्ने व्यवस्था छ।
बैंकहरूलाई नियम्बन गर्ने नेपाल राष्ट्र बैंकले भने दृष्टिविहीन भएका व्यक्तिहरूलाई नेपाल राष्ट्र बैंकले कुनै विभेद नगरेको बताएको छ। नेपाल राष्ट्र बैंकको नियममा नै अपाङ्ग असाक्षर र जेष्ठ नागरिकहरूलाई उच्च प्राथामिकतामा राखेर विशेष काउन्टर तोकेर बैंकहरूले सेवा उपलब्ध गराउने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकको सहप्रवक्ता डिल्लीराम पोखरेल बताउँछन।
कुनै एक स्थानिय तहमा यदि कुनै पनि बैंकको पाँच वटा शाखाहरू छनभने एउटा एटीएम अपाङ्गमैत्री हुनुपर्ने र त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरू एटीएम मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ चलाउन सक्षम भएको यकिन गरी बैंकहरूले उक्त सेवा उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको उनले बताए। आफूहरू विद्युतीय सेवा चलाउन सक्षम भएको तर बैंकहरूले उक्त सेवा दिनमा अटेर गरेमा gunaso.nrb.org.np वा ०१-५७१९६४१ मा दृष्टिविहीनहरूले फोन गरेर वा बैंकमा आएर अथवा मेल गरेर आफ्नो समस्या टिपाउन सक्ने उनले बताए।
भेदभाव रहित सेवा उपलब्ध गराउनु पर्ने नेपाल राष्ट्र बैंकको निर्देशिकामा उल्लेख भएता पनि बैंकहरूमा त्यस्तो भएको पाईँदैन। खाता खोल्न जाँदा होस अथवा राखिएको पैसा नै निकाल्न जाँदा होस उनीहरू बैंकिङ विभेद सहन वाध्य छन। सरकारी तथा गैरसरकारी बैंकहरूले ठोस कदम नचालिदिँदा बैंकिङ्ग पहुँचमा पुग्न दृष्टिविहिनहरूलाई अझ समस्या हुने गर्दछ। यसले गर्दा दृष्टिविहिनहरूलाई बैंकिङ कारोबार गर्न जटिल हुने गर्दछ।