प्रधानसेनापति प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको टिप्पणी गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले संवेदनशील भूराजनीतिक अवस्था, खुला सिमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौती देखिएको बताए ।तर, समाधान नै गर्न नसकिने प्रकारका कुनै चुनौती नरहेको उनले स्पष्ट पारे ।
उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानका आधारमा केही घटना हुने गरेको उल्लेख गरे ।ती समस्यालाई स्थानीयस्तरमै राजनीतिक दलहरूले मिलाउने गरेका उनले बताए ।