Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

एकै पटक धेरै कर्मचारीले बिदा लिएपछि एयर इण्डियाका ८० बढी उडान रद्ध

भारतको एयर इण्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार एयर इण्डिया एक्सप्रेसले मंगलबार रातिदेखि बुधबार बिहानसम्मका ८० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ ।

ठूलो संख्यामा एकै पटक चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएपछि उडान रद्ध भएको बताइएको छ । एयर इण्डिया एक्सप्रेसका प्रवक्तालाई उद्धृत कम्पनीले कर्मचारीहरू सँगै बिदामा जानुको कारणहरू पत्ता लगाउन र समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।

आकस्मिक उडान रद्द भएको भन्दै धेरै यात्रुले सामाजिक सञ्जालमा गुनासो पनि गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरू टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्समा रोजगारीका नयाँ शर्तहरूको विरोध गरिरहेका छन् ।